वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट घोषित ।
स्याङ्जा, २९ फागुन :
नेपाल नगरपालिका संघले गण्डकी प्रदेशका दुई नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ ।
संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । गण्डकी प्रदेशबाट दुई नगरपालिका मात्र उत्कृष्ट घोषित भएका हुन् ।
२९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले बिभिन्न नगरपालिकालाई पुरस्कृत गरेको थियो ।
आईतवार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवाले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र पुतलीबजार नगरपालिकाका प्रमुख सिमा कुमारी क्षेत्रीलाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्नु भएको हो ।
स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका यसअघि ३ पटक उत्कृष्ट घोषित भइ सकेको छ त्यस्तै पुतलीबजार नगरपालिका पहिलो पटक उत्कृष्ट नगरपालिकामा पुरस्कृत हुन सफल भएको हो ।
वालिङ यस अघि गएको बर्ष वालिङ शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको थियो ।
यो पनि : स्याङ्जाको वालिङ चौथोपटक सर्वोत्कृष्ट नगरपालिका घोषित
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


