वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट घोषित ।
स्याङ्जा, २९ फागुन :
नेपाल नगरपालिका संघले गण्डकी प्रदेशका दुई नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ ।
संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । गण्डकी प्रदेशबाट दुई नगरपालिका मात्र उत्कृष्ट घोषित भएका हुन् ।
२९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले बिभिन्न नगरपालिकालाई पुरस्कृत गरेको थियो ।
आईतवार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवाले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र पुतलीबजार नगरपालिकाका प्रमुख सिमा कुमारी क्षेत्रीलाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्नु भएको हो ।
स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका यसअघि ३ पटक उत्कृष्ट घोषित भइ सकेको छ त्यस्तै पुतलीबजार नगरपालिका पहिलो पटक उत्कृष्ट नगरपालिकामा पुरस्कृत हुन सफल भएको हो ।
वालिङ यस अघि गएको बर्ष वालिङ शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको थियो ।
यो पनि : स्याङ्जाको वालिङ चौथोपटक सर्वोत्कृष्ट नगरपालिका घोषित
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


