बेलायती सेनामा २१८ र सिंगापुर प्रहरीमा १४० छानिए नेपाली युवा ।
काठमाण्डौ:
बेलायती सेनामा २ सय १८ र सिंगापुर प्रहरीमा १ सय ४० गरी ३ सय ५८ नेपाली भर्ती भएका छन् । बेलायती सेना मुख्यालयले ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा ‘इन्टेक–२०२२’ अन्तर्गत उनीहरूलाई छनोट गरेको हो । क्षेत्रीय छनोट प्रतिस्पर्धामा ७४ जिल्लाका ८ हजार युवा सहभागी थिए ।
ब्रिटिस आर्मी ‘इन्टेक–२०२२’ मा छानिएका सिपाहीलाई बुधबार पोखरास्थित ब्रिटिस क्याम्पमा सम्पन्न ‘कसम पडेर’ मा राजदूत निकोला पोलिट र लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डल । फोटो सौजन्य स् ब्रिटिस गोर्खा नेपाल
मुख्यालयले यो वर्ष ब्रिगेड अफ गोर्खाज बेलायतमा २ सय ३० जना र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसमा १ सय ४० जना छनोट गर्ने जनाएको थियो । अन्तिम प्रतिस्पर्धामा ब्रिटिस आर्मीतर्फ संख्या कटौती गरिएको छ । छानिएका सिपाहीलाई बुधबार पोखरास्थित ब्रिटिस क्याम्पमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा ब्रिगेड अफ गोर्खाजका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले कसम परेड गराएका छन् ।
यो पटक १९ देखि २१ वर्षसम्म उमेरकालाई मात्र अनलाइनबाट फाराम भराइएको थियो । यसअघि उमेर १८ वर्षभन्दा माथिकाले अवसर पाउँथे । यसअघि सामान्य अवस्थामा ब्रिटिस गोर्खा भर्तीका निम्ति पूर्वको धरान र पश्चिमको पोखरामा क्षेत्रीय छनोट गरिन्थ्यो । अन्तिम छनोट मात्र पोखरामा हुन्थ्यो । कोरोना महामारीका कारण गत वर्षदेखि क्षेत्रीय र अन्तिम छनोट पोखरामा हुँदै आएको छ । सन् १८१५ देखि ब्रिटिस आर्मीमा नेपाली युवा भर्ती गर्न थालिएको हो । यसअघि ‘इन्टेक–२०२०’ मा ब्रिटिस आर्मीमा ४ सय ३२ र सिंगापुरमा २ सय २० युवा भर्ती लिइएको थियो । कोरोना महामारीका कारण ‘इन्टेक–२०२१’ मा अघिल्लो वर्ष अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र भिड्ने अवसर दिइएको थियो । जसमा ब्रिटिसमा ३ सय ४० र सिंगापुरमा १ सय ३४ जना भर्ती भएका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


