मुस्लिम समाजद्धारा अमोर सेवा समाजका बालबालिकालाई बिभिन्न सामाग्री प्रदान ।
स्याङजा :
स्याङजा बाड्खोला मुस्लिम समाज पुतलीबजार नगरपालिका–३, ले एक कार्यक्रमका विच फेदीखोलामा रहेको अमोर सेवा नेपालमा रहेका २७ बालबालिकाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न र नगद हस्तान्तरण गरेको छ ।
शैक्षिक सामाग्री हस्तान्तरण गर्दै स्याङजा बाड्खोला मुस्लिम समाजका अध्यक्ष सैदुदिन मियाँले अनाथ बालबालिकाहरुलाई र गरिव दिन दुखी बालबालीकाहरुलाई खुलेर सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले ईस्लाम धर्मले नै गरिव जेहन्दार वालवालिकाहरुलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने बताए अनुरुप सहयोग गरिएको जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा पुतलीबजार नगरपालिका–३ का वडा सदस्य अली मोहम्मद र नुरी ईलामीक विद्यालयका पुतलीबजार नगरपालिका–३ का अध्यक्ष अली मियाँ मुमु लगाएतले मन्तव्य राख्नुभएको थियो । सैक्षिक सामाग्री ग्रहण गर्दै अमोर सेवा नेपाल बालगृहकी अध्यक्ष कमला पराजुलीले सहयोगी हात स्याङजा बाड्खोला मुस्लिम समाजलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रमको संचालन सचिव इकबाल अलिले गर्नुभएको थियो । लामो समय देखी छिमेकी जिल्लाहरुमा समेत सहयोग उपलब्ध गराएको स्याङजा बाड्खोला मुस्लिम समाजले जनाएको छ । मुस्लिम समाजले आउने पिडीलाई असल चरित्र निमार्ण गर्नको निम्ती जानकारी सहित विभिन्न सचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेको नुरी ईलामीक विद्यालयका अध्यक्ष अली मियाँ मुमुले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


