गाउँपालिकाकी उपाध्यक्षसहित स्याङजाका ७ जनप्रतिनिधिले रोजे नेकपा (एस)

स्याङजा :

स्याङजाका ७ जनप्रतिनिधिले नेकपा(एस) रोजेका छन् । नेकपा एमाले विभाजन भएर नेकपा(एस) बनेपछि निर्वाचन आयोगले दल रोज्‍नका लागि भदौ २२ गतेसम्म समय दिएको थियो ।

आँधीखोला गाउँपालिकाकी उपाध्यक्षसहित एमालेका ७ जना जनप्रतिनिधिले नेकपा(एस) रोजेका हुन् ।

नेकपा(एस) स्याङजाका अध्यक्ष रामचन्द्र भट्टराईका अनुसार आँधीखोला गाउँपालिका–२ का वडाध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य खड्कबहादुर नेपाली, विन्दु विक, पुतलीबजार नगरपालिका–४ का वडा सदस्य एवं जिल्ला समन्वय समितिका सदस्य गुमानसिंह थापा, ४ कै वडा सदस्य डोलराज गौतम र हरिनास गाउँपालिका–७ का वडा सदस्य ऋषिराम लम्सालले नेकपा (एस) रोजेका छन् ।
Facebook Comments Box
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१४ घण्टा अगाडि

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…

TOP