स्याङ्जामा १५ दिन थपियो निषेधाज्ञा
स्याङ्जा :
स्याङ्जा जिल्लामा फेरी १५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बुधबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर भदौ २५ गते सम्म पुर्याएको हो ।
गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा बढ्दै गएकोले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।
आदेशमा भनिएको छ, जिल्लामा अझै पनि संक्रमणको जोखिम कायम रहेकोले संक्रमण रोकथाम र नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)ले दिएको अधिकार प्रयोग गरी भदौ १० गते राती १२ बजेदेखि भदौ २५ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


