बिरुवा गाउँपालिका ४ मा कांग्रेसको राहत
पोखरा : नेपाली कांग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका ४ स्याङ्जाले खाद्यान्न र औषधी सहयोग गरेको छ । कांग्रेसको वडा कमिटीले साबिकको ओरष्टे गाविसभित्र रहेका गरिब तथा विपन्न परिवारलाई शनिबार राहत उपलब्ध गराएको हो ।
पालिकाको ४ नम्बर वडाभित्र रहेको २ सय ५० घरलाई खाद्यान्न वितरण गरेको नेपाली कांग्रेस स्याङ्जाका प्रदेश सचिव डोलराज पोखरेलले जानकारी दिए । खाद्यान्नमा चामल, तेल, दाल र नुन वितरण गरेको प्रदेश कार्यसमिति सदस्य नरेश पोखरेलले बताए ।
कोरोना महामारीको समयमा गाउँमा सचेतना जगाउँदै भिटामिन ‘सि’, सिटामोल, मास्क र हात धुने साबुन पनि वितरण गरिएको वडा इकाइ उपसभापति मुक्त गुरुङको भनाइ थियो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य चन्द्रकान्त पोख्रेलले महामारीको समयमा वडा इकाइ कमिटीले सराहनीय काम गरेको धारणा राखे । बिरुवा ४ घर भई पोखरालगायत देशको विभिन्न सहरमा बस्ने साथै विदेशमा रहेकाले दुखको बेला गाउँलाई सम्झिएकोमा नेपाली कांग्रेस वडा कार्यसमिति बिरुवा गाउँपालिका उपसभापति नारायण पोखरेलले धन्यवाद दिए । वडा इकाइ सभापति ऋषिराम शर्माले आगामी दिनमा पनि वडाबासीबाट सहयोगको अपेक्षा गरे ।
वडा ४ मा दैनिक मजदुरी गरेर जीवन चलाउनेलाई लकडाउनपछि समस्या सुरु भएकाले राहतले धेरै सहयोग पुग्ने वडा इकाइ सचिव ज्योतिप्रकाश थापाले बताए।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


