स्याङजाको बालगृहलाई स्याङजा समाज जापानको आर्थिक सहयोग
स्याङजा : फेदीखोला गाउँपालिका–१, मा रहेको अमोर सेवा नेपाललाई स्याङजा सहयोग समाज जापानले आर्थिक सहयोग गरेको छ । स्याङजा सहयोग समाज जापानले अमोर सेवा नेपालको बालगृह भवन निर्माणार्थ ३ लाख सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले अमोर सेवा नेपालले धेरै राम्रो काम गरेको बताउदै सहयोगी मनहरुलाई सहयोग गर्न अनुरोध गरे । प्रजिअ बस्नेतले सरकारले गर्न नसकेको काम अमोर सेवा नेपालले गरेको बताउदै भविष्य अन्धकार भएका बालवालिकाको उद्धार गरि भविष्य उज्यालो बनाईदिएको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रहरी उपरिक्षक होबेन्द्र बोगटी, फेदीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष खिमबहादुर क्षेत्री, आईसीसी सदस्य सुरेश रेग्मी, स्याङजा सहयोग समाज जापानका अध्यक्ष सागरमणी अधिकारी, अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अमोर सेवा नेपालमा हाल ६ जिल्लाका २६ जना बालबालिका रहेका छन् । त्यसैगरी अमोर सेवाको भवन निमार्णका लागि पोखराकी पुर्णीमा बरालले ४८ हजार आर्थीक सहयोग गरेकी छन् । निर्माणधिन भवनका लागि थप २० लाख रकम आवश्यक पर्ने अमोर सेवा बालगृहका आजिवन सदस्य अशोक शर्मा मरासिनीले जानकारी दिए ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


