अर्यालले आफ्नो जन्म दिन पारेर दिए दलित बस्ती स्थानान्तरणको लागि नगद सहयोग ।
वालिङ :
वालिङ टेलिभिजनका संचालक तथा निर्देशक एबं वालिङ इन्टरनेटका संचालक मणि अर्यालले पैयूँको जोखिम बस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ । अर्यालले आफ्नो जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिकामा रहेको जोखिम बस्ती स्थानान्तरणको आर्थिक सहयोग गर्नु भएको हो ।
अर्यालले सहयोग स्वरुप बस्ती स्थानान्तरणको लागि द निर्भीक फाउण्डेसनलाई लागि १० हजार एक सय रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको अति जोखिमा रहेको कारण उक्त बस्ती स्थानान्तरण गरी सुरक्षित ठाउँमा राख्न सुरु गरिएको अभियानलाई सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको अर्यालले बताउनु भएको छ ।
उहाँले आफुले सधै दुखी गरिबहरुलाई सहयोग गरेर जन्मदिन मनाउने गरेको समेत बताउनु भयो ।
स्याङ्जाको वालिङमा घर भएका अर्याल क्यान स्याङ्जाका अध्यक्ष समेत हुनुहुन्छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


