स्वर्गीय खाँणको अन्त्येष्टि गरियो
वालिङ :
वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणकी माता फूलकुमारी खाँणको आज अन्त्येष्टि गरिएको छ । स्वर्गीय खाँणको आज रामनदीधाम राम्दीमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको हो । स्वर्गीय मातालाई नगर प्रमुख खाँण र भाई सुरजप्रताप खाँणले दागबत्ती दिनुभएको हो ।
वि.सं. २०१५ सालमा सांसद बन्नुभएका स्वर्गीय यामबहादुर खाँणकी धर्मपत्नी एवं वालिङ नगर प्रमुख एवं नेपाली काँग्रेस वालिङ नगर सभापति खाँणकी माता, नेपाल तरुण दल वालिङका सभापति आशिषप्रताप खाँण र नेपाल विद्यार्थी संघ वालिङका सभापति दिक्षान्तप्रताप खाँणकी हजुरआमा फूलकुमारी खाँणको निधनमा नेपाली काँग्रेसले पार्टीको झण्डा ओढाएर सम्मान गरेको थियो ।
वालिङ ८ स्थित घरमा र रामनदीधाममा नेपाली काँग्रेसले श्रद्धाञ्जलि सभा गर्दै पार्टीको झण्डा ओढाएको हो । संविधानसभा सदस्य राजु थापा, नेपाली काँग्रेस कार्यबहाक जिल्ला सभापति बुद्धिबहादुर राना कुमार, क्षेत्र नं. २ का क्षेत्रीय सभापति देबबहादुर खाँण, प्रदेश २ क का सभापति अर्जुनप्रकाश अर्याल लगायतले पार्टीको झण्डा ओढाउनुभएको थियो ।
स्वर्गीय खाँणको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउँदै उहाँले देखाउनुभएको पथमा निरन्तर अगाडि बढ्ने वक्ताहरुले बताउनुभएको थियो । साथै दिवंगत आत्माको चिरशान्तिको कामनासहित मौनधारण गर्नुकासाथै शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी समवेदना ब्यक्त गर्नुभएको थियो ।
फूलकुमारी खाँणको मंगलबार ८६ वर्षको उमेरमा वालिङ ८ स्थित घरमा नै निधन भएको हो । स्वर्गीय खाँणका पाँच छोरा तथा एक छोरीमध्ये हाल तीन छोरा तथा एक छोरी हुनुहुन्छ । आज नै वालिङ उद्योग वाणिज्य संघले पनि स्वर्गीय खाँणको स्मृतिमा शोकसभा गरेको थियो ।
वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणलाई मातृ शोक ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


