वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणलाई मातृ शोक ।

वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणलाई मातृ शोक परेको छ । नगर प्रमुख खाँणकी आमा फूलकुमारी खाँणको ८६ बर्षको उमेरमा आज निधन भएको परिवारले जनाएको छ । स्वर्गीय खाँणमा कुनै पनि दीर्घ राेग नरहेकाे परिवारले जनाएकाे छ ।
उहाँका ५ छोरा तथा १ छोरी मध्ये दुई छोराको यस अघि नै निधन भइसकेको छ ।
स्वर्गीय फूलकुमारी खाँणको भोलि बिहान रामनदीधाम राम्दीमा अन्तिम संस्कार गरिने परिवारका सदस्य एबं समाजसेवी बिष्णु प्रताप खाँणले जानकारी दिनुभयो ।
स्वर्गीय फूलकुमारी खाँणका पति स्वर्गीय यम बहादुर खाँण बिक्रम सम्वत २०१५ सालमा सांसद बन्नुभएको थियो ।
खाँण परिवार ग्रह्रौकोट राजखानदान अन्तरगतकाे परिवार हाे ।
।

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…