वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणलाई मातृ शोक ।
वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणलाई मातृ शोक परेको छ । नगर प्रमुख खाँणकी आमा फूलकुमारी खाँणको ८६ बर्षको उमेरमा आज निधन भएको परिवारले जनाएको छ । स्वर्गीय खाँणमा कुनै पनि दीर्घ राेग नरहेकाे परिवारले जनाएकाे छ ।
उहाँका ५ छोरा तथा १ छोरी मध्ये दुई छोराको यस अघि नै निधन भइसकेको छ ।
स्वर्गीय फूलकुमारी खाँणको भोलि बिहान रामनदीधाम राम्दीमा अन्तिम संस्कार गरिने परिवारका सदस्य एबं समाजसेवी बिष्णु प्रताप खाँणले जानकारी दिनुभयो ।
स्वर्गीय फूलकुमारी खाँणका पति स्वर्गीय यम बहादुर खाँण बिक्रम सम्वत २०१५ सालमा सांसद बन्नुभएको थियो ।
खाँण परिवार ग्रह्रौकोट राजखानदान अन्तरगतकाे परिवार हाे ।
।

समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


