स्याङ्जामा आज थपिए ६ जना कोरोना संक्रमित ।
स्याङ्जा :
स्याङ्जामा आज थप ६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा फेदिखोला गाउँपालिकाका २३ वर्षका पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर ४ का २९ वर्षिय पुरुष , आँधिखोला गाउँपालिका वडा नम्बर १ का ६१ र ४६ वर्षका पुरुष र भिरकोट नगरपालिका वडा नम्बर २ का ४० वर्षको पुरुष रहेका छन् । यसैगरी एक जना ५८ वर्षीया संक्रमित महिलाको भने पालिका खुलेको छैन।
आज थपिएका सहित स्याङ्जामा कुल संक्रमितको सङ्ख्या ६ सय ९० जना पुगेको छ भने ६ सय १३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमणका कारण स्याङ्जामा मृत्यु हुनेको सङ्ख्या ११ जना रहेको छ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


