गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना सङक्रमण पुष्टी, स्याङजाका एक सहित दुई जनाको मृत्यु ।
स्याङजा :
गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना सङक्रमण पुष्टी भएको छ भने दुई जना सङक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलायले शनिबार सार्बजनिक गरेको विवरणअनुसार सात जिल्लाका थप ६२ जनामा कोरोना पुष्टि भएको हो भने स्याङ्जा र नवलपरासीका दुइ सङक्रमितको ज्यान गएको हो ।
थपिएका सक्रमितहरुमा बागलुङका १७ जना, नवलपरासी सुस्तापूर्बका २३ जना, कास्कीका १० जना, तनहुँका ७ जना,गोरखाका ३ जना, लमजुङ र म्याग्दीका एक एक जना रहेकाछन् ।
यस्तै स्याङजाको आँधीखोला गाँउपालिका वडा नम्वर ६ का ८१ बर्षीय पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । ति सङक्रमित पुरुष किड्नी, मुटु तथा पिसावनली लगायतका समस्याबाट पीडित रहनुभएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाकारी दिनुभयो ।
त्यस्तै नवलपरासी सुस्ता पूर्बको गैडाकोट १ का ३६ बर्षका पुरुषको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ । उनमा शक र मुटु सम्वन्धी समस्या रहेको निर्देशक डाक्टर शर्माले जानकारी दिनुभयो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या ४ हजार ६ सय ७९ पुगेको छ भने तीन हजार दुई सय २७ जना निको भएका छन् त्यस्तै ४० जनाको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस् : स्याङजाका एक सङक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


