स्याङजाका एक सङक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु ।
स्याङजा :
स्याङजाको एक कोरोना सङक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । स्याङजाको आँधीखोला गाँउपालिका वडा नम्वर ६ का ८१ बर्षीय पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । ति सङक्रमित पुरुष किड्नी, मुटु तथा पिसावनली लगायतका समस्याबाट पीडित रहनुभएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाकारी दिनुभयो ।
उनी पछिल्लो समय बुटवलमा बस्दै आएको निर्देशनालयले जनाएको छ ।
यो सहित स्याङ्जामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
यो पनि पढ्नुहोस् : गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना सङक्रमण पुष्टी, स्याङजाका एक सहित दुई जनाको मृत्यु ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


