९ जनाको ज्यान गएको ठाँउमा फेरी गयो पहिरो,एक घर पुरियाे ।
स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा फेरि पहिरो खसेको छ । बिहीबार पहिरो खसेको ठाउँमा फेरि आज बिहान पहिरो खसेको हो ।
त्यहाँ हिजोकोभन्दा ठूलो पहिरो खसेको स्थानीय राजु खनालले जानकारी दिनुभयाे । पहिरोले १ वटा घर पुरिए पनि मानवीय क्षति नभएको वडाध्यक्ष झम्मर श्रेष्ठले बताउनु भयाे ।
बिहीबार पहिरोले क्षति पुर्याएकोभन्दा तलका २ घरमा आज क्षति पुगेको हो ।
‘माथिको डाँडा नै खसेको छ । हिजोको भन्दा ठूलो पहिरो हो । पुरिएको घरको धुरीमात्रै देखिएको छ,’ उहाँले भन्नुभयाे ।
त्यहाँको २ परिवारलाई अन्यत्र सारिएकाले मानवीय क्षति हुनबाट जोगिएको हो । पशुचौपाया भने पहिरोमा पुरिएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयाे ।
बिहीबार सोही ठाउँमा पहिरो खस्दा ९ जनाको ज्यान गएको थियो । घाइते १ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।
समाचार
थप सामाग्री
पद्मा अर्याल सहित को – को परे एमाले बाट समानुपातिकमा
३ दिन अगाडि
काठमाडाै : नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले…


