वालिङ पहिरो : १० जनाको परिवारमा को को थिए घरमा ?
वालिङ :
अबिरल बर्षाका कारण गएको पहिरोमा परि स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर १४ मा घर पुरिएको छ ।
आज बिहान ६ बजे घर माथिबाट गएको पहिरोले स्थानीय माया परियारको घर पुर्दा घरमा रहेका १० जना मध्ये अझै ८ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
पहिरोमा परेका मध्ये १७ बर्षकी मनिषा परियारको जीवितै उद्धार गरिएको हो । उहाँलाई उपचारका लागि वालिङ ल्याइएको छ । त्यस्तै एक जना महिलाको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ । अन्यको उद्धारमा भने निरन्तर पहिरो झरिरहेकाले समस्या भएको स्थानीयले बताएकाछन् ।
को को थिए घर
४ जना छोराहरु
२ जना आमाहरु
१ जना क्षमा
१ बुहारी
१ नाती
१ छोरी (जीवितै उद्धार)
भिडियाे : स्याङ्जा-एउटै चिहान बन्यो एकै परिवारका ९ जनाको, सारै दुखद घटना, परिवारमा बाँचिन एक जना मात्रै
- –अपडेट : पहिरोमा पुरिएका मध्ये ५ जनाको शब भेटियो, चार जनाको खोजी चल्दै ।
- –अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै पुरिए ९ जना, बिर्घामा एक जनाको मृत्यु ।
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


