स्याङ्जाका नयाँ सङ्क्रमित : प्रहरीले समातेका १९ जना जुवाडे सहित एक सरकारी कर्मचारी ।
स्याङ्जा :
स्याङ्जामा थपिएका २२ जना सङ्क्रमित मध्ये १९ जना जुवाडे र एक जना सरकारी कर्मचारी भएको पुष्टी भएको छ ।
जुवाको खालबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेका २२ जना मध्ये १९ जनामा कोरोना देखिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो । सङ्क्रमित मध्ये एक जना मालपोत कार्यालय स्याङ्जाका कर्मचारी रहेको प्रजिअ क्षेत्रीले बताउनु भयो । अन्य सङ्क्रमित क्वारेन्टीनमा बस्दै आएकाहरु हुन् ।
प्रहरीले जुवाको खालबाट नियन्त्रणमा लिएकाहरुलाई केही दिन जिल्ला प्रहरी कार्यालयको थुनामा राखिएको थियो भने मुद्धा किनारा लागेसँगै उनीहरुलाई क्वारेन्टीनमा पठाईएको प्रजिअ क्षेत्रीको भनाई छ ।
–स्याङ्जामा एकै पटक थपिए २२ जना सङ्क्रमित ।
स्याङ्जाका तीन सय ३७ जना सङक्रमित मध्ये तीन सय आठ जना निको भएका छन् भने दुई जनाको निधन भएको छ । जिल्लामा सक्रिय सक्रमितको संख्या २६ रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । (यसअघिको समाचारमा आधिकारीक श्रोतको कारण नै संख्यामा घटबढ भएकोमा भूल सुधार गरिएको छ स. ।)
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


