स्याङ्जाकी एक महिला सहित गण्डकीमा थपिए छ जना सङ्क्रमित
स्याङ्जा :
गण्डकी प्रदेशमा थप छ जना कोरोना सङ्क्रमित थपिएका छन । तीन जना महिला र तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या एक हजार आठ सय १८ं पुगेको छ ।
आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका तीन जना र तनहुँका दुई जना र स्याङ्जाका एक जना रहेकाछन् । स्याङ्जाको गल्याङ नगरपालिका १ का ४० बर्षकी महिलामा सङ्क्रमण पुष्टी भएको हो ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार आठ सय १८ मध्ये एक हजार पाँच सय ७२ जना निको भएर घर फर्किएकाछन् भने ७ जनाको निधन भईसकको छ ।
यसअघि हिजो मात्रै गण्डकी प्रदेशमा ४७ जना सङ्क्रमित थपिएका थिए । जसमा १६ जना प्रहरी र दुई जना नेपाली सेना रहेकाछन् ।
.

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


