स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ नगरपालिका वडा नं. ११ गैरीखेत बस्ने ५५ वर्षीय प्रेमबहादुर थापाको भएको पुष्टि भएको छ।
स्थानीयका अनुसार थापा आज (२० गते) बिहान ९ बजे ‘वालिङ जानछु’ भन्दै घरबाट निस्किएका थिए। घरबाट हिँडेका उनी दिउँसो करिब १२:३० बजे वालिङ नगरपालिका–९ लखनेस्थित आँधीखोला नदीको बीच भागमा रहेका ढुङ्गाहरूका बीचमा अड्किएको अवस्थामा मृत फेला परेका हुन्।
स्थानीयले नदीमा शव देखेपछि तत्काल वडा प्रहरी कार्यालय वालिङमा जानकारी गराएका थिए। खबर पाउनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रताप पौडेलको कमाण्डमा ‘सोको’ (SOCO) टोलीसहित १० जनाको प्रहरी टोली दिउँसो १२:४० बजे घटनास्थल पुगेको थियो। घटनास्थल वडा प्रहरी कार्यालय वालिङबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्छ।
दिउँसो १:२० बजेबाट सुरु भएको घटनास्थल मुचुल्का कार्य १:३५ बजे पूरा भएको थियो। मृतककी श्रीमती होमा थापाले घटनास्थलमै पुगेर शवको सनाखत गरेकी हुन्।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक थापाले अत्यधिक मादक पदार्थ सेवान (मापसे) गर्ने गरेको बुझिएको छ। उनको परिवारमा श्रीमती र उनी मात्र घरमा बस्दै आएका थिए भने एक छोरा र एक छोरी वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका छन्।
दिउँसो २:०५ बजे घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव परीक्षण (पोस्टमार्टम) का लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


