आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
स्याङ्जा :
स्याङ्जाको वालिङ स्थित आँधीखोलाले एक महिलालाई बगाएको छ । वालिङ नगरपालिका–९ भुम्रेस्थित आँधीखोलामा मङ्गलबार बिहान (आज) नुहाउने क्रममा ५३ वर्षीया माया पाण्डेलाई बगाएको हो ।
बढेको आँधीखोलाले बगाएकी पाण्डेलाई वालिङ नगरपालिका–१३ मा पर्ने गाहेखोला नजिक ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
बिहान ५ बजे तिर पाण्डेलाई खोलाले बगाएको स्थानीयले जनाएका छन् । घटनाको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा प्रहरी टोली र शसस्त्र प्रहरी ३० नं. गुल्मका गुल्मपती प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर बस्नेत नेतृत्वको २१ जना प्रहरी टोलीस्थानीयले आँधीखोलाको तटमा खटिएको थियो ।
आँधीखोलाको बीचमा रहेको पाण्डेको शवलाई प्रहरीले बाहिर निकालेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


