स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा :
स्याङ्जामा अचेत अवस्थामा फेला परेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका –९ घर भइ पुतलीबजार नगरपालिका –१३ नयाँगाउँ बस्दैआएकी ३५ वर्षीया सुशिला मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
बबिता नेपालीको गोठमा बस्दैआएकी मगर अचेत अवस्थामा भेटिएको भन्ने जानकारी आएपछि प्रहरीले दिउसो १ बजेतिर घटनास्थलमा पुगेर उपचारका लागि प्र्रदेश अस्पताल, पुतलीबजार लगेको थियो । मगरको उपचारको क्रममा सवा २ बजे मृत्यु भएको हो ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानअनुसार मृतकले अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्नेगरेको बुझिएको छ । उहाँको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मगर स्याङ्जामा बसेर ज्याला मजदुरीको काम गर्दै आउनुभएको प्रहरीको भनाइ छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


