वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
चापाकोट :
चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्।
वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय आवश्यकता र जनप्रतिनिधिसँग पर्याप्त छलफल नगरी मनपरी ढंगले बजेट विनियोजन गरेको आरोप लगाउँदै युवाहरूले कार्यालयमा तालाबन्दी गरेका हुन्। युवाहरूले वडा तथा टोलस्तरीय भेला नगरी योजना छनोट तथा बजेट विनियोजन गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले विकास योजना तथा बजेट निर्माण गर्दा स्थानीय नागरिकको सहभागिता र आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने माग गरेका छन्।
यसै विषयलाई लिएर युवाहरूले वडा सदस्य सन्तोष थापा हस्ताक्षरमा चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोइरालालाइ निवेदनसमेत बुझाउँदै बजेट तथा योजना व्यवस्थापनमा पारदर्शिता र जनसहभागिता सुनिश्चित गर्न माग गरेका छन्। स्थानीय युवाहरूले वडा तथा टोलस्तरमा छलफल गरी आवश्यकताका आधारमा योजना छनोट नगरेसम्म आफूहरूको विरोध जारी रहने बताएका छन्।
वडा कार्यालयमा तालाबन्दी भएपछि घटनाले स्थानीयस्तरमा चर्चा पाएको छ। विवाद समाधानका लागि वडा कार्यालय र आन्दोलनरत युवाबीच तत्काल संवाद आवश्यक देखिएको छ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


