स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जा :
स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १७ जना घाइते भएका छन्।
गल्याङबाट गल्याङ–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो।
मृतकको विवरण:
१. निशा पचभैया (२५ वर्ष) – गल्याङ न.पा.–८, स्याङ्जा
२. यम बहादुर वि.क. (६० वर्ष) – गल्याङ न.पा.–९, स्याङ्जा
गम्भीर घाइते (पाल्पा मिसन अस्पताल रिफर गरिएको):
१. बसन्ती विश्वकर्मा (२७ वर्ष) – गल्याङ–९ (ढाडमा चोट, अवस्था गम्भीर)
२. देवी वि.क. (४८ वर्ष) – गल्याङ–९ (टाउकोमा चोट, अवस्था गम्भीर)
नगर अस्पताल गल्याङमा उपचाररत घाइतेहरू:
-
दिपक वि.क. (२९ वर्ष, चालक) – गल्याङ–९ (टाउकोमा चोट, अवस्था मध्यम)
-
बोमा खनाल (५६ वर्ष) – गल्याङ–९ (टाउको र देब्रे खुट्टामा चोट, अवस्था मध्यम)
-
सगुन वि.क. (१० वर्ष) – गल्याङ–९ (टाउको र दाहिने खुट्टामा चोट, अवस्था मध्यम)
-
टोल बहादुर वि.क. (६२ वर्ष) – गल्याङ–९ (दुवै खुट्टा र ढाडमा चोट, अवस्था मध्यम)
-
असिसा पचभैया (२१ वर्ष) – गल्याङ–९ (देब्रे हात र खुट्टामा चोट, अवस्था सामान्य)
-
मेगनाथ खनाल (६२ वर्ष) – गल्याङ–९ (दाहिने खुट्टामा चोट, अवस्था सामान्य)
-
राधामाया राना (५५ वर्ष) – गल्याङ–११ (टाउकोमा चोट, अवस्था मध्यम)
-
गंगा विश्वकर्मा (२२ वर्ष) – गल्याङ–९ (देब्रे खुट्टा र दाहिने हातमा चोट, अवस्था सामान्य)
-
दुर्गा वि.क. (५१ वर्ष) – गल्याङ–९ (छाती, टाउको र खुट्टामा चोट, अवस्था मध्यम)
-
यमकला खनाल (३२ वर्ष) – गल्याङ–९ (देब्रे खुट्टामा चोट, अवस्था मध्यम)
उपचारपछि डिस्चार्ज भएका घाइतेहरू:
-
स्नेहा परियार (१७ वर्ष) – गल्याङ–८
-
सुप्रिया थापा (१५ वर्ष) – गल्याङ–९
-
समिर वि.क. (१२ वर्ष) – गल्याङ–९
-
अरुणा गाहा (२५ वर्ष) – गल्याङ–९
-
पार्वती वि.क. (२५ वर्ष) – गल्याङ–९
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गल्याङ र वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक (DSP) प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार
थप सामाग्री-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
१ हप्ता अगाडि
स्याङ्जा : चार दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७…


