स्याङ्जामा लकडाउन थपियो, बैंक तथा बित्तिय संस्था पनि बन्द हुने ।
स्याङ्जा :
कोरोना भाईरसको सङक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बन्दलाई झनै कडा बनाएको छ । स्याङ्जामा लकडाउनको समयावधी थप्नुका साथै बैंक तथा बित्तिय संस्था समेत बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार निशेधाज्ञाको अवधीलाई भदौ ११ गते सम्म बढाइएको छ त्यस्तै सो अवधीमा अतिआवश्यक सेवा बाहेक सबै बन्द गराउने बताईएको छ ।
प्रजिअ क्षेत्रीले जारी गर्नु भएको सार्वजनिक सूचनामा स्याङ्जा जिल्ला र छिमेकी जिल्लाहरुमा समेत समुदायस्तरमा कोरोना पुगिसकेको उल्लेख छ त्यस्तै कुशे औंसी, हरितालिका तिज जस्ता पर्वहरुमा भिडभाड हुन नदिन निशेधाज्ञा जारी गरिएको जनाइएको छ ।
त्यस्तै अस्पतालमा उपचाररत बिरामीमा कोराना पुष्टी भएपछि जिल्ला अस्पताललाई भदौ ९ गते सम्मका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।
आदेशको अवज्ञा गर्ने तथा पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन, २०२८ र अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।
- –जिल्ला अस्पताल स्याङ्जा एक हप्ता सिल
- –किन घेरे महिलाहरुले प्रहरी, कसले बनायो वालिङका किसोर बेपत्ता, कपडा र मोबाईल भेटियो खोलाको तिरमा
.

समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


