वालिङ : समुदायस्तरमा भेटिएन कोरोना,स्वास्थ्यकर्मी,पत्रकार,प्रहरी र सर्वसाधारणको रिपोर्ट नेगेटिभ ।
वालिङ :
वालिङमा कन्ट्रयाक ट्रेसिङ गरी कोरोना परिक्षण गरिएकोमा स्वास्थ्यकर्मी, पत्रकार, प्रहरी र सर्वसाधारणको रिपोर्ट नेगेटिभ आएको छ । योसँगै वालिङको समुदायर स्तरमा कोरोना नभएको पुष्टी भएको छ ।
वडा प्रहरी कार्यालयका एक प्रहरी तथा सदरमुकाम पुतलीबजारको समुदाय स्तरमा कोरोना पुष्टी भएपछि वालिङमा कन्ट्रयाक ट्रेसिङ गरी कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
संक्रमितसँग सम्पर्कमा रहेका, जोखिममा रहेका तथा कोरोना रोकथामका लागि अग्रपंक्तिमा रहेका ४५ जना र १२ जना प्रहरीको स्वाव संकलन गरि परिक्षणका दागि पोखरा पठाइएको थियो ।
वालिङ नगरपालिकाले आफ्नै खर्चमा नागरिकको स्वास्थ्यको सुरक्षाका लागि कन्ट्रयाक ट्रेसिङ गरेर कोरोना परिक्षण गरेको भन्दै वालिङवासीले नगर प्रति धन्यवाद समेत दिएकाछन् ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


