स्याङ्जामा थप सोह्र प्रहरीमा कोरोना सङ्क्रमण,एम्बुलेन्स चालकमा पनि देखियो कोरोना
स्याङ्जा :
कोरोना भाइरसको सङ्क्रमण सामान्य बन्दै जाँदा स्याङ्जा जिल्लामा समुदायमा कोरोना देखिन थालेको छ । मंगलबार स्याङ्जाका थप २५ जनामा सङ्क्रमण थपिदा १९ जना समुदायका रहेका छन् ।
थप सङ्क्रमण थपिनेमा दुई महिला सहित १६ जना जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मी रहेका छन् भने एक जना २८ महिनामको सुरक्षाकर्मीको बच्चा सङ्क्रमित भएकाछन् । यस्तै प्रहरी कार्यालयका हिरासदमा रहेका एक जना पनि सङ्क्रमित भएकाछन् ।
अर्जुन चौपारीमा चार जना सङ्क्रमित हुदाँ एक जना एम्बुलेन्स चालक रहेका छन् भने तीन जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको जिल्ला स्वाास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माले जानाकारी दिनुभयो ।
एक जना वालिङ नगरपालिकाका भारतबाट आएर क्वारेन्टाइनमा बसका युवा रहेका छन् । थप सङ्क्रमित भेटिए सगै स्याङ्जामा सङ्क्रमितको संख्या २४३ जना पुगेको छ भने सुरक्षाकर्मी मात्र ३७ जना रहेका छन् ।
स्याङ्जामा सङक्रमित मध्ये १८८ जना निको भएर घर फकेएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
२१ प्रहरी संक्रमीत भएपछि अब क्रमश: स्याङ्जा बन्द गरिदै ! के-के निर्णय गर्यो CCMC ले हेर्नुहोस
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


