बाढी तथा पहिरो पीडितलाई राहत हस्तान्तरण
तोलाकान्त बगाले/वालिङ :
लायन्स क्लबले वालिङका बाढी पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराएको छ । लायन्स क्लब ३२५ बी १ क्लस्टर नं. २७ को सहयोग र लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ वालिङ ग्रिन होम, लियो क्लब अफ वालिङ सिटीको संयुक्त आयोजनामा वालिङ नगरपालिकाभित्रका बाढी पहिरो प्रभावितहरुलाई हस्तान्तरण गरिएको हो ।
लायन्स क्लबले वालिङ नगरपालिकालाई ५० थान त्रिपाल, २५ केजीको ३२ बोरा चामल आज हस्तान्तरण गरेको हो ।
आज वालिङ १३ को कुसुण्डेमा रहेको ३२ घर परिवारलाई ३० थान त्रिपाल र १५ बोरा चामल हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बाढी पहिरो प्रभावित वालिङका नागरिकलाई भोजन तथा आवासको अभाव हुन नदिने बताउनुभयो ।
“नगरका विभिन्न बस्तीमा रहनुभएका वास्तविक बाढी पहिरो प्रभावितको पहिचान गरी के कस्तो सहयोग आवश्यक पर्छ सोही अनुसार उपलब्ध गराउँछौं” नगर प्रमुख खाँणले भन्नुभयो, “वर्षायामको समयमा बाढी पहिरो जस्ता विपत्तिहरु आउने हुनाले सतर्क रहन पनि नागरिकहरुलाई आग्रह गर्दछु ।”
.

उहाँले वालिङका नागरिकको जीवन रक्षाका लागि आगामी दिनमा थप उर्जाका साथ अगाडि बढ्ने क्रममा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले प्राप्त सहयोग सामग्रीको सही सदुपयोग गरेर वास्तविक बाढी पहिरो प्रभावित परिवारलाई वितरण गरिने बताउनुभयो ।
कार्यक्रममा डिस्ट्रिक कोचिफ एडभाईजर चण्डीप्रसाद अर्यालले अप्ठ्यारोमा परेकाहरुलाई केही सहानुभूतिस्वरुप राहत वितरण गरिएको बताउनुभयो ।
.

कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष आनन्द पाठक, क्लस्टर नं. २२ का जोन चियर पर्सन कुलचन्द्र शर्मा, क्लस्टर नं. २७ का प्रमुख शम्भुराज बाँस्तोला, लायन्स क्लब अफ वालिडका अध्यक्ष कविता भुसाल, जोन चियर पर्सन देबेन्द्र भट्टराई, लायन्स क्लब अफ वालिङका उपाध्यक्ष दिपक लम्साल, लायन्स क्लब अफ वालिड ग्रिन होमका अध्यक्ष सजना कडेल कोईराला, लियो क्लब अफ वालिडका अध्यक्ष दिक्षान्त खाँण, स्थानीय समाजसेवी पदमप्रसाद पाठक लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
.

यो समाचार पढ्नु भयो : कोरोना संक्रमित स्याङ्जाका एसपी निवासमै बस्ने, अरु प्रहरीलाई अस्पताल लगियाे ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


