स्याङ्जामा ठूलो संख्याले कोरोना जितेर घर फर्किए
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जामा कोरोनाबाट संक्रमितहरु कोरोना जितेर ठूलो संख्यामा घर फर्किएका छन् । स्वास्थ्य कार्यालय स्याङ्जाको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोनाबाट संक्रमित १ सय ९२ जना मध्ये १ सय ३१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
कोरोना जितेर घर फर्किनेमा कालिका सामुदायिक अस्पताल भीरकोटको आईसोलेसनबाट ६९ जना, गल्याङ् सामुदायिक अस्पतालबाट ३६ जना, वालिङ कुवँर समाज घरबाट १५ जना, जिल्ला अस्पतालबाट ७ जना र जिल्ला बाहिरको आईसोलेसनमा ४ जना रहेका छन् ।
संक्रमित मध्ये कालिका सामुदायिक अस्पताल भीरकोटमा २५ जना, गल्याङ् सामुदायिक अस्पतालमा १४ जना, कुवँर समाज घर वालिङमा १४ जना, चापाकोट नगरपालिकामा ३ जना, पुलतीबजारको करेन्डाँडामा १ जना र जिल्ला बाहिरको आईसोलेसनमा २ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
कोरोनाबाट संक्रमित मध्ये स्याङ्जामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका ३ का ५८ वर्षिय १ पुरुष र आँधीखोला गाउँपालिका १ पञ्चमूलका ५५ वर्षिय १ पुरुष गरी २ जना रहेका छन् । उनीहरुको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरि विभिन्न देशबाट आएका १ हजार ८ सय ४३ सहित जिल्लामा २ हजार ७ सय ३७ जना कोरेन्टीनमा बसेका थिए । कोरेन्टीनमा बसेका मध्ये पिसिआर परिक्षणमा नेगेटिभ नजिता आएपछि २ हजार ५ सय २५ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । कोरेन्टीनमा बसेका २ सय १२ जनाको परिक्षण रिर्पाटे आउन बाँकी रहेको छ ।
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
४ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


