स्याङजामा एकै पटक ३४ जना कोरोना जितेर घर फर्किए ।
स्याङजा :
स्याङजामा आज एकै पटक ३४ जना संक्रमित कोरोना जितेर घर फकिर्एकाछन् । कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परिक्षण नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाईएको स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
अस्पतालमा रहेका ४१ जना संक्रमितको दोस्रो परिक्षणका लागि स्वाव संकलन गरि पठाईएकोमा ७ जनाको भने दोस्रो परिक्षण पनि पोजेटिभ नै आएको छ । आज घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना,वालिङका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेकाछन् ।
यो सँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५६ पुगेको छ ।
जिल्लाका १ सय ५९ संक्रमित मध्ये २ जनाको निधन भईसकेको छ ।
कोरोनामुक्त भएकाहरुलाई, भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण,स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्मा, स्वास्थ्यकर्मी लगायतले बिदाई गरेका थिए ।
स्याङ्जामा १२ महिनाको बच्चा सहित थपिए २२ संक्रमित,१९ जना संक्रमित एउटै पालिकाका
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


