स्याङजा सहितका ४ जिल्लामा थपिए ११ जना संक्रमित, संक्रमितको संख्या ७५३ ।
स्याङ्जा :
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । ११ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकीका ४ जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । म्याग्दीका ६ जना, बाग्लुङका २ जना,नवलपरासी सुस्ता पूर्बका २ जना र स्याङजाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । स्याङजाको कालिगण्डकीमा २३ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।
नवलपरासीका संक्रमितलाई आईसोलेशनमा राखिसकिएको र अन्यलाई आईसोलेशनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ७५३ मध्ये ९१ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
समाचार
थप सामाग्री
सरकारले निजि मिडियाप्रती गरेको निर्णय खेदजनक
३ हप्ता अगाडि
आरती कुँवर/वालिङ : नेपाल प्रेस युनियन स्याङ्जाको आयोजनामा सरकारी विज्ञापन रोकिँदा निजी मिडियामा पर्ने असरका बारेमा शनिबार वालिङ नगरपालिकाको सभाहलमा…


