बिरुवाको सातौं गाउँ सभा सम्पन्न कृषि पूर्वाधार र रोजगारी सृजना मा जोड
बिरुवा गाउँपालिका को सातौ सभाबाट आगामी आर्थिक वर्ष २०७७ ७८ को लागि कुल रकम रु ४० करोड ७२ लाख ९० हजार ३३४ रुपैयाँबराबरको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएकाे छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा मुख्यगरी कृषिको आधुनिकीकरण र व्यवसायीकरण पूर्वाधार विकास शिक्षा स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकता दिई बजेट निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलाराज सुवेदीले जानकारी दिनुभयाे । उहाँका अनुसार कुल बजेटमध्ये ६ करोड २० लाख ५९ हजार ३३४ रुपैयाँ चालुतर्फ, १६ करोड ३० लाख ३१ हजार पूँजीगत तर्फ र १८ करोड २२ लाख रुपैयाँ वित्तीय व्यवस्थातर्फ विनियोजन भएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा रु ५६ लाख बराबरको नमुना कृषि कार्यक्रम रु २५ लाख बराबरको कृषक अनुदान कार्यक्रम तथा सिंचाई बिउबिजन र जमिन संरक्षण मा ठूलो रकम विनियोजन गरेको छ ।
यसैगरी गाउँपालिकाले जनताको जिउँ धनलाई विशेष प्राथमिकता दिई रु ४० लाख बराबरको कोष स्थापना गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई गाउँ पालीका मै रोजगारी सिर्जना गर्न रु ४० लाख बराबरको विशेष प्याकेजको घोषणा गरेको छ।
पूर्वाधार विकास तर्फ गाउँपालिकाको प्रशासकीय भवन निर्माणकोलागि रुप २ करोड विनियोजन गरिएको छ। गाउँपालिका भरिका सडकहरूको स्तरोन्नतिको लागि एकमुष्ट रुपमा रु ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यसबाहेक गाउँपालिकाले शिक्षा स्वास्थ्य र पर्यटन प्रवर्द्धनका लागि समेत उल्लेख्य बजेट विनियोजन गरेको छ ।
गाउँसभा गाउँपालिकाका अध्यक्ष चुन प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा स्वागत मन्तव्य वडा न ६ का वडाध्यक्ष कृष्ण केसीले गर्नुभएको थियो। सभामा गाउँपालिका उपाध्यक्ष देवीकुमारी थापाले बजेट पेश हुनुभएको थियो। सभाको संचालन प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले गर्नुभएको थियो।
कार्यक्रममा काेराेना नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


