स्याङ्जामा थपिए ४ जना संक्रमित संक्रमितको संख्या ६४ पुग्यो ।
स्याङ्जा :
स्याङ्जामा ४ जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका १८, ३५, ३९ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको हो । यो संगै स्याङजामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ ।
संक्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले बताउनु भयो ।
स्याङ्जामा ७ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको निधन भएको छ ।
कालिका सामुदायिक अस्पताल हेलुमा ५० जनाको र पोखरामा २ जनाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ ।
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित २२३
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


