स्याङजामा पहिलो पटक २ जना सरसफाई कर्मचारीमा संक्रमण भेटियो !
स्याङजा :
स्याङजामा पहिलो पटक जिल्लामा नै रहेका २ जनामा कोरोना संक्रमण देखिएको छ । गल्याङ नगरपालिकाकाे बहुमुखी क्याम्पस क्वारेन्टीनमा सरसफाई गर्ने २ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
श्रीमान् श्रीमती नै सरसफाई गर्दै आएकोमा दुवैमा कोरोना पुष्टी भएका स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले प्रदेशले निकालेको सुचीमा पुरुष मात्रै भनेको भए पनि नाम र उमेर भिडाउदा प्रष्ट भएको जानकारी दिनुभयो ।
उनीहरुले क्वारेन्टीनमा सरसफाई गर्दै आईरहेका थिए । उनीहरु बजारमा निरन्तर हिडडुल गर्नुका साथै नगरपालिकाका कर्मचारीहरुसँग पनि सम्पर्कमा रहेको बताईएको छ ।
आज मात्रै गल्याङमा १८ जना संक्रमित थपिएका छन । त्यस्तै जिल्लामा संक्रमित ६० पुगेकाछन् । एक जनाको ज्यान गईसकेको छ ।
स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो ।
.

समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


