स्याङ्जाका १० सहित ३२३ जना थपिए, नेपालमा संक्रमितको संख्या ३२३५ पुग्याे ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालया प्रवक्ता डा. विकास देवकोटाले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ३२३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयाे ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने डिस्चार्ज हुनको संख्या ३६५ जान पुगेको छ। पछिल्लो तथ्यांकअनुसार ३२ जना डिस्चार्ज भएका छन्।
कोरोनाका कारण शनिबार दिउँसोसम्म १३ जनाको ज्यान गइसकेको उहाँले जानकारी दिनुभयाे ।
शनिबार मात्रै स्याङजामा १० जना संक्रमित भेटिएका छन् । याे सँगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या ७५ पुगेकाे छ ।
यो पनि पढ्नुहोस् :
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


