बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न

स्याङ्जा :

युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४औँ बि.पी. स्मृति दिवसको सन्दर्भमा आयोजित “बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३” साउन ६ गते बुधवारका दिन वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ ।

नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने रहनुभएको थियोे ।

प्रमुख वक्ताको रूपमा प्रा.डा. वासुदेव भण्डारी र टिप्पणीकर्ताको रूपमा ध्रुवप्रसाद शर्मा पङ्गेनी रहनुभएको थियोे । कार्यक्रममा नेपाली काङ्ग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण), वालिङ बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख विष्णु सुवेदी गैह्रे, नेपाल शिक्षक सङ्घ, स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, नेपाली लेखक सङ्घ, कास्कीका अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कमल पौडेल अथक, नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर आदिद्वारा पहिलो चरणमा “बि.पी. विचार गोष्ठी” अन्तर्गत सारगर्वित मन्तव्य प्रस्तुत गरिएको थियोे ।

कार्यक्रमको दोस्रो चरणमा “बि.पी. काव्य उत्सव- २०८३ अन्तर्गत स्याङ्जाली स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनी, कमला रेग्मी, विकास थापा मगर, बबिन पाठक, रमेश कुख्यात, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, मुनाल गोदार क्षेत्री, ढालबहादुर के.सी., रेशमलाल डुम्रे, नारायण न्यौपाने दर्शन, लक्ष्मी रेग्मी खनाल, वसन्त खनाल, खगेन्द्रजंग थापा, दिलीप तिवारी, लीलाप्रसाद रेग्मी, राजु गैह्रे, शम्भु अर्याल, राजेन्द्र श्रेष्ठ, विनुप्रसाद पराजुली, झवनाथ बस्याल, प्रेमप्रसाद सुवेदी, सीताराम अधिकारी, कमलप्रसाद बगाले, प्रकाश न्यौपाने चौरासपति, जि.बी. राना, ओम थापा, गुरुप्रसाद ढकाल, सरस्वती अर्याल काफ्ले, चण्डिकाप्रसाद भट्टराई, शान्ता थापा, यमप्रकाश खनाल, अनन्त अर्याल, लेखनाथ काफ्ले, मिलन समीर, पारिश्वर न्यौपाने लगायतद्वारा आफ्ना उत्कृष्ट रचना प्रस्तुत गरिएको थियोे ।

नेपाली लेखक सङ्घ, स्याङ्जाका उपाध्यक्ष शान्ता थापाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको सहजीकरण सचिव युवा स्रष्टा गुरुप्रसाद ढकालद्वारा गरिएको थियोे भने संयोजन नेपाली लेखक सङ्घ स्याङ्जाका निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सचिव युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियोे । कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा. कुसुमाकर न्यौपानेलाई नेपाली लेखक सङ्घ स्याङ्जाको तर्फबाट विशेष सम्मान गरिएको थियोे भने प्रमुख वक्ता, टिप्पणीकर्ता र विशिष्ट आमन्त्रित व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियोे ।

Facebook Comments Box
TOP