हाम्रो संस्कार र संस्कृति विषयक वक्तृत्वकला प्रतियोगिता
वालिङ :
स्याङ्जाको वालिङमा ‘हाम्रो संस्कार र संस्कृति’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ । मोहिनीशरण स्मृति प्रतिष्ठान वालिङ ८ ले वालिङ नगरपालिका व्यापि माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा साइनभिलेज इन्टरनेशनल एकेडेमी वालिङ ८ का सूचना पराजुली प्रथम हुनुभएको छ । प्रथम स्थान हासिल गरेसँगै पराजुली नगद रु.३ हजार सहित प्रमाणपत्रले पुरस्कृत हुनुभयो । यसैगरी पूर्णामृत भवानी मावि वालिङ १० फूलबारीकी सिमरन न्यौपाने द्वितीय र पायनिअजका सुकृत्य श्रेष्ठ तृतीय हुनुभएको छ ।
यस्तै समृद्धि पौडेल उपल्लो पेखु मावि, रुवी रेग्मी अर्मादी आवासीय मावि र सन्देश पराजुली पीसजोन मावि गरी तीनजनाले सान्त्वना भएका छन् । द्वितीय र तृतीय हुनेले क्रमशः २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरे भने सान्त्वना हुनेहरुले जनही रु.५ सयको साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्राध्यापक डा.शालिकराम सुवेदीले वक्तुत्वकलाले व्यक्तित्व विकास गराउने बताउनुभयो । विद्यालयस्तरबाट वक्तृत्वकला लगायतका कार्यक्रम गरिनुले उनीहरुको व्यक्तित्व विकामा टेवा पुग्ने भन्दै आयोजकले सराहनीय कार्य गरेको उल्लेख गर्नुभयोे ।
संस्कार र संस्कृतिको सन्दर्भमा डा. सुवेदीले हामी कुनै पनि कर्म नगरी रहन नसक्ने बताउनुभयो । शास्त्रमा उल्लेख गरिए अनुसार मानव जीवनमा दुई प्रकारका कर्म हुने प्रा.डा. सुवेदीले व्यक्त गर्नुभयोे ।
वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठानद्वारा आफ्नो मासिक नियमित रचनावाचनको ९८ औं शृङ्खला समावेस गरिएको थियो । उक्त काव्यिक शृङ्खलामा स्रष्टाहरू कमला अधिकारी, भोजकुमार पाण्डे, दमककुमारी बगाले, ठाकुर सुवेदी, निलकण्ठ लम्साल, सावित्री अर्याल रेग्मी, लेखनाथ काफ्ले, ढालबहादुर के.सी.,सनत गैह्रे, ध्रुवप्रसाद शर्मापंगेनी, इन्द्रप्रसाद पाठक र सिम्रन न्यौपाने लगायतले आ–आफ्ना उत्कृष्ट रचनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रम मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष धु्रवराज उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जनप्रतिनिधि चोलाकान्त अर्याल, पूर्णामृत भवानी मा.वि.का प्रधानाध्यापक दीपक लम्साल, मातापिता प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गाना, भेषराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल लगायत शिक्षाप्रेमी, साहित्यकार तथा स्थानीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।
भेषजराज साहित्य प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगिताका लागि वालिङ नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । कार्यक्रममा नगरपालिकाका १३ विद्यालयका २३ जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रा.डा.सुवेदी, यमकान्त खनाल र अनन्त अर्याल सम्मिलित निर्णायक मण्डलले निर्णायकको भमिका निर्वाह गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


