प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
वालिङ :
स्याङ्जाको वालिङ-८ स्थित नेपाल आदर्श क्याम्पसका प्राध्यापक एवम् नेपाल आदर्श माध्यमिक विद्यालयका माध्यमिक तह इन्चार्ज शिवलाल गौतमको असामयिक निधन भएको छ।
मिराकल एजुकेशनल फाउण्डेशन प्रा.लि.का संस्थापक सदस्यसमेत रहनुभएका ५:३० बजे आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो।
लामो समयदेखि वालिङ र आसपासका क्षेत्रमा शैक्षिक विकास, अनुशासन र गुणस्तरीय शिक्षाका लागि अहोरात्र खटिनुभएका गौतमको ४५ वर्षको उमेरमा भएको अप्रत्याशित निधनले सम्पूर्ण शैक्षिक जगत्, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदाय स्तब्ध र मर्माहत बनेका छन्।
एउटा कर्मयोगी प्राज्ञिक व्यक्तित्वको क्षति
नेपाल आदर्श क्याम्पस तथा मिराकल एजुकेशनल फाउण्डेशन परिवारले गौतमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै ‘शोक वक्तव्य’ जारी गरेको छ।
फाउण्डेशनका अध्यक्ष शंकर डुम्रे र क्याम्पस प्रमुख/प्रिन्सिपल होमकान्त गौतमद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, “स्वर्गीय शिवलाल गौतमज्यूले यस संस्थाको शैक्षिक उन्नयनका लागि विगत लामो समयदेखि गरेको अतुलनीय योगदानप्रति संस्था सधैं ऋणी रहनेछ। एउटा प्राज्ञिक, मिलनसार र कर्मयोगी योद्धालाई गुमाउनु पर्दा संस्थाले अपूरणीय क्षति महसुस गरेको छ।”
भोलि सोमबार शिक्षण संस्थामा शोक बिदा
प्राध्यापक गौतमको निधनमा शोक व्यक्त गर्दै नेपाल आदर्श क्याम्पस तथा नेपाल आदर्श माध्यमिक विद्यालयले (भोलि) भदौ १ गते सोमबार बिहानी तथा दिवा सत्रका सम्पूर्ण शैक्षिक कार्यक्रमहरू बन्द गरी शोक बिदा दिने निर्णय गरेको छ।
क्याम्पस प्रमुख होमकान्त गौतमद्वारा जारी सूचना अनुसार दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै क्याम्पस तथा विद्यालय परिवारका तर्फबाट समवेदना व्यक्त गरिएको छ।

शोकाकुल परिवार र श्रद्धाञ्जली
पैयूँ गाउँपालिका वडा नं. ६, सरौखोला डाँडाकाहु स्थायी निवास भई हाल वालिङमा बसोबास गर्दै आउनुभएका स्वर्गीय गौतमका बुवा छविलाल गौतम, धर्मपत्नी तुलसी शर्मा गौतम (कल्पना), दुई छोरीहरू आकृती र आयुष्मा तथा एक छोरा आरोग्य गौतम हुनुहुन्छ।
दिवङ्गत प्राध्यापक गौतमको पार्थिव शरीरमा शैक्षिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरू, विद्यार्थी तथा आफन्तजनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति विभिन्न संघ-संस्था तथा शुभचिन्तकहरूले गहिरो समवेदना प्रकट गरिरहेका छन्।
स्वर्गीय गौतमको आईतबार कालीगण्डकी तट सेतिबेणीमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ-८ स्थित नेपाल आदर्श क्याम्पसका प्राध्यापक एवम् नेपाल आदर्श माध्यमिक विद्यालयका माध्यमिक तह इन्चार्ज शिवलाल गौतमको असामयिक…


