चालक–सहचालकलाई दश लाखको दुर्घटना बिमा
स्याङ्जा :
अर्जुनचौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई १० लाख रुपियाँसम्मको दुर्घटना बिमा गर्ने भएको छ ।
गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दैआएको जिप, टेम्पो, ट्याक्टर, बस तथा टिपरमा कार्यरत चालक र सहचालकलाई बिमा सुविधा उपलब्ध गराउन लागेको हो ।
गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बिमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले इच्छुक चालक तथा सहचालकलाई सात दिनभित्र आवश्यक कागजातसहित निवेदन दर्ता गर्न आग्रह गरेको छ ।
आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित श्रेणीको सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी साधनको नवीकरण खुलेको ब्लुबुकको प्रतिलिपि तथा सहचालकको हकमा सवारीधनी वा व्यवसायी समितिको सिफारिसपत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
तोकिएको म्याद नाघेर प्राप्त हुने निवेदनमाथि कुनै कामकारबाही नहुने जनाइएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले दैनिक रूपमा जोखिमपूर्ण परिस्थितिमा काम गर्ने चालक तथा सहचालकको सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम ल्याइएको बताउनुभयो ।
उहाँले दुर्घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न बिमाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाभित्र नियमित रूपमा सवारी सञ्चालन गर्ने चालक तथा सहचालक दुर्घटनाको जोखिममा रहने भएकाले उनीहरूको सुरक्षाका लागि यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले यातायात क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका श्रमिकको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बिमा कार्यक्रम ल्याएको बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


