गरिमा विकास बैंक लिमिटेड “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मानित
काठमाडौं :
गरिमा विकास बैंक लिमिटेडलाई “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” अवार्डबाट सम्मानित गरिएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित “न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स” को दशौं संस्करणमा उक्त सम्मान प्रदान गरिएको हो ।
२०८३ बैशाख २५ गते शुक्रबार काठमाडौंमा आयोजित समारोहमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा बैंकका प्रतिनिधिलाई अवार्ड हस्तान्तरण गरिएको थियो ।
यो अवार्डले ग्राहकहरुलाई सरल, सुरक्षित, गुणस्तरीय र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने बैंकको निरन्तर प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, “यो सम्मानले हाम्रो टिमको मेहनत र समर्पणलाई कदर गरेको छ । हामी ग्राहक केन्द्रित सेवा, डिजिटल नवप्रवर्तन र उत्कृष्ट सुशासन मार्फत देशको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्यमा अझ दृढ भएका छौं ।”
यो सुखद अवसरमा गरिमा विकास बैंक लिमिटेड सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियमनकारी निकायहरु तथा सम्पूर्ण शुभचिन्तकहरुप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम र अत्याधुनिक डिजिटल बैंकिङ प्लेटफर्म मार्फत करिब ९ लाख ग्राहकहरुलाई विश्वसनीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


