गरिमा विकास बैंक लिमिटेड “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मानित
काठमाडौं :
गरिमा विकास बैंक लिमिटेडलाई “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” अवार्डबाट सम्मानित गरिएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित “न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स” को दशौं संस्करणमा उक्त सम्मान प्रदान गरिएको हो ।
२०८३ बैशाख २५ गते शुक्रबार काठमाडौंमा आयोजित समारोहमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा बैंकका प्रतिनिधिलाई अवार्ड हस्तान्तरण गरिएको थियो ।
यो अवार्डले ग्राहकहरुलाई सरल, सुरक्षित, गुणस्तरीय र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने बैंकको निरन्तर प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, “यो सम्मानले हाम्रो टिमको मेहनत र समर्पणलाई कदर गरेको छ । हामी ग्राहक केन्द्रित सेवा, डिजिटल नवप्रवर्तन र उत्कृष्ट सुशासन मार्फत देशको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्यमा अझ दृढ भएका छौं ।”
यो सुखद अवसरमा गरिमा विकास बैंक लिमिटेड सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियमनकारी निकायहरु तथा सम्पूर्ण शुभचिन्तकहरुप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम र अत्याधुनिक डिजिटल बैंकिङ प्लेटफर्म मार्फत करिब ९ लाख ग्राहकहरुलाई विश्वसनीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ ।
समाचार
थप सामाग्री-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
१ हप्ता अगाडि
स्याङ्जा : चार दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७…


