कालिगण्डकीकाे जलयातायातमा कोरोनाकाे असर (भिडियो सहित)
सुशील सुबेदी/स्याङ्जा :
जलयात्रा गर्ने यात्रु र खाद्यान्नले खचाखाच हुने स्टीमर लकडाउनको कारण ठप्प भएपछी कालिगण्डकीका जलयातायात व्यवसायी समस्यामा परेका छन् ।
बि सं २०५८ सालमा कालिगण्डकीमा ड्याम निर्माण गरे संगै ६० सालबाट यस श्रेत्रमा जलयातायात सेवा प्रारम्भ गरिएको थियो । यो यातायात गुल्मी , पर्बत र स्याङजाको बिश्वासीलो साधन अहीले ठप्प हुँदा यहाँका व्यवसायी चिन्तीत बनेका हुन् ।
यही जलयातायतमा मजदुरी गर्ने , ढुङ्गाको प्रयोग गरेर माछा मार्ने यहाँका माझी समुदायलाइ समेत यो लकडाउनले नराम्रोसँग असर पारेको छ ।
अहीले यहाँका कर्मचारीलाइ जलयातायात व्यवसायी समितीले तलब समेत प्रदान गर्न नसेको कालिगण्डकी जलयातायात प्रालीका कोषाध्यक्ष प्रेम माझीले बताए । उनी भन्छन् ,‘ कालिगण्डकीमा पानीको बहाबले बर्षातको समयमा ३ महिना बन्द हुने यो सेवालाइ सिजनको समयमा लकडाउने नराम्रोसँग असर पारेको छ ।’
बि सं २०५८ सालमा कालिगण्डकीमा ड्याम निर्माण गरे संगै ६० सालबाट यस श्रेत्रमा जलयातायातको संञ्चालन गरिएको थियो । गुल्मी , पर्बत र स्याङजाको भरपर्दो यातायातको मध्याम मात्र होईन खाद्ययान्न ओसार पसार गर्ने बिश्वासीलो साधन यही थियो । जलयातायात प्रयोग नगर्नेहरु खच्चडबाट खाद्ययान्न सामान ढुवानी गर्ने र यात्रु पैदल हिँड्नुपर्ने बाध्यता थियो ।
.
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


