थप पाँच जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या दुई सय ५० पुग्यो
आज पाँच जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप नयाँ पाच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषा, जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीय महिला, महोतरी, जलेश्वर र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
उनीहरु चिकित्सकको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । यसअघि आज नै दुईजनामा कोरोना संक्रमण देखिएको थियो ।
आज बिहान कपिलवस्तु र काठमाडौंमा एक- एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै हिजो साँझ २४ जना संक्रमित थपिएका थिए । उनीहरु मध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका तीन र नवलपरासीका एक जना रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बुटवलमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना भाइरस पुष्टि भएको थियो ।
हिजो बिहान पर्सा र बाँकेमा एक एक जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म संक्रमित मध्ये ३५ जना निको भइसकेका छन् ।
यसैबीच कोरोनाका संक्रमितहरु बढीरहेकाले अवस्था भने सामान्य नरहेको मन्त्रालयले जनाएको छ ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


