कालीगण्डकीमा युवक बेपत्ता
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्। पाल्पाको निस्दी गाउँपालिका १ लिटिपिरिङ्ग घाटमा पौडी खेल्न गएका नुवाकोट जिल्ला डुप्टेश्वर गाउँपालिका २ सानो ओडारे घर भएका २० वर्षीय डोसबहादुर तामाङ बेपत्ता भएका हुन्।
निर्माणधिन कालीगण्डकी करिडोरमा छ दिन अघिमात्रै काम गर्न आएका तामाङ गर्मी बढेसँगै साथीहरुसँग दिउँसो नदीमा पौडी खेल्न गएका थिए।
पौडी खेल्न बीच भागमा जाने क्रममा उनी बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंह रानाले जानकारी दिए।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। उनको श्रीमती सहित २ वर्षको छोरी रहेको उनका काका कृष्णबहादुर तामाङले बताए। गत वर्ष पनि सोही स्थानमा साँखर्दी खोला पुल निर्माणका लागि जाजरकोटबाट आएका एक युवकको डुबेर ज्यान गएको थियो।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


