मुनालको ‘बतासे प्रेम’ मुक्तकसङ्ग्रह लोकार्पण

स्याङ्जा :

युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृति ‘मुनाल (बतासे प्रेम)’ मुक्तकसङ्ग्रहको लोकार्पण, परिचर्चा तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको अवसरमा भीरकोट नगरपालिका–७ को आयोजनामा कालिका पुस्तकालय, बलमाटामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा साहित्यिक अभियन्ता मिलन समीर, युवा स्रष्टा शम्भु अर्याल र मनिषा कोइरालाले ‘मुनाल (बतासे प्रेम)’ कृतिको समीक्षा गर्नुभएको थियो । मुनाल गोदार क्षेत्रीको यो पहिलो साहित्यिक कृति हो । उक्त मुक्तकसङ्ग्रह नेपाली लेखक सङ्घ, स्याङ्जाले प्रकाशन गरेको हो ।

सम्पादक मिलन समीरद्वारा सम्पादित कृतिमा समसामयिक विषय, प्रसङ्ग र सन्दर्भसँग सम्बन्धित ८३ वटा मुक्तक समावेश गरिएका छन् । साथै प्रत्येक मुक्तकअनुसार विषय सुहाउँदा रेखाचित्र (स्केच) समेत राखिएको छ ।

कार्यक्रममा स्याङ्जाली स्रष्टाहरू नुवादत्त अर्याल, लेखबहादुर केसी ‘किरण’, यामप्रसाद अधिकारी ९लक्ष्मण०, छायाराम खनाल, वसन्त खनाल, दिलीप तिवारी, खगेन्द्रजंग थापा, डिल्लीराम भण्डारी, अमित सुनार, सुदीक्षा सुनार, सक्षम रोका, उषा सुनार, इशाना रोका, सरगम थापा, गुरुप्रसाद ढकाल, चण्डिकाप्रसाद भट्टराई, हरिप्रसाद पङ्गेनी, बबिन पाठक, लीला रेग्मी, लेखनाथ काफ्ले, पारिश्वर न्यौपाने र ध्रुवप्रसाद शर्मा पङ्गेनीले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP