राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ कर्मचारी
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवाका लागि ४ हजार ४३९ जना कर्मचारीको माग गरेको छ।
कार्यालयले एक सूचना प्रकाशित गरी आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणकको माग गरको हो। सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण र गणकका लागि कम्तीमा कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्ने बताएको छ ।
साढे दुई महिनाको करार अवधिका सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने सूचनामा उल्लेख छ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिनुपर्ने र आवेदकहरूको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।

समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


