भीरकोट नगरपालिकाले बनायो दुई ऐन
स्याङ्जा :
भीरकोट नगरपालिकाको १७ औँ नगरसभाले दुई वटा ऐन निर्माण गरेको छ।
नगरसभाले नगरपालिकाको विज्ञापन व्यवस्थापन एवं नियमन विधेयक –२०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ पारित गरेको हो ।
विधेयक पारित भए सँगै भीरकोट नगरपालिकामा कुनै वस्तु वा सेवाको बजार प्रवर्द्धन, बिक्रीवितरण वा प्रचारप्रसारको लागि गरिने बाह्य विज्ञापन र पालिकाबाट अनुमति प्राप्त गरि सञ्चालनमा रहेका सञ्चार माध्यमबाट गरिने विज्ञापनलाई नियमित, व्यवस्थित र पारदर्शी हुने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो ।
सभाले पारित गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ मा स्थानीय सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबारको लेखाङ्कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा अन्य आर्थिक क्रियाकलापलाई व्यवस्थित, पारदर्शी र नतिजामूलक हुने छ ।
नगरसभाले जनताको माग र आवश्यकता अनुसार नगरस्तरीय र वडास्तरीय योजना संशोधन र रकमान्तर समेत गरेको छ ।
यसैगरी ९७ जना करार सेवामा कार्यरत कर्मचारीको करार नवीकरण गरेको छ भने आन्तरिक आयतर्फ नदीजन्य पदार्थको बिक्री वितरण मार्फत प्राप्त हुने राजस्व स्रोत रकम भएका एक करोड बजेट रकम रहेका योजना तथा कार्यक्रमको स्रोत संशोधन गरेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


