कास्की कारगारबाट भागेका कैदी स्याङ्जामा पक्राउ ।
वालिङ :
कास्की कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ परेका छन् । नव युवा समूह (जेनजी)को आन्दोलनको क्रममा भदौ २४ गते कास्की कारगारबाट भागेका स्याङ्जाको भीरकोट नगरपालिका–११ का ४० बर्षीय हिराबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
हाडनाता जवरजस्ती करणी मुद्दाका कैदी कुँवरलाई घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम, स्याङ्जाबट खटिएको विशेष अप्रेसन टोलीले बुधबार कुँवरलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेपालीलाइ आवश्यक कानूनी कारवाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


