वालिङ १ मा आँखा शिविर सम्पन्न ।

वालिङ :
वालिङ नगरपालिका वडा नं. १ मा आँखा परिक्षण शिविर गरिएको छ । “स्वस्थ आँखाका लागी नियमित जाँच गरौँ” भन्ने नाराका साथ वालिङ नगरपालिकाको आयोजना, हिमालय आँखा हस्पिटल पोखराको प्राविधिक सहयोग र आई केयर फाउण्डेसनको विषेश सहयोगमा विहिबार वडा नं. १ मा शिविर गरिएको हो । नगरप्रमुख कृष्ण खांण, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी र वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङको आँखा परिक्षण गरेर शिविरको उद्दघाटन गरिएको थियो ।
शिविरमा ३५० जनाले आँखा परिक्षण गरेका छन् । नागरिकका लागी स्वास्थ्यमा सहज पहुँच पु¥याउनका लागी विभिन्न समयमा आँखा तथा दन्त शिविर, विषेशज्ञ सहितको शिविरहरु वडामा आयोजना गर्दै आईएको वडा अध्यक्ष तथा नगरप्रवक्ता गुरुङले बताउनुभयो । नागरिकको स्वास्थ्यप्रति वडा कार्यालय निकै सजग रहेको भन्दै स्वस्थ, सचेत तथा सक्षम नागरिक वडाको मुख्य प्राथामिकता रहेको अध्यक्ष गुरुङले बताउनुभयो । शिविरमा वडा नं. १, २, ३, ६, ८ का नागरिकले सेवा लिएका थिए ।
Facebook Comments Box
TOP