कक्षाकोठा बनेपछि हट्यो बार्दलीमा पढाउनुपर्ने बाध्यता
स्याङ्जा :
बालमैत्री घोषित भीरकोट नगरपालिकाको गडी भञ्ज्जाङ् आधारभूत विद्यालयको बार्दलीमा विद्यार्थी पढाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । भीरकोट नगरपालिका–५ स्वरेकस्थित गडीभञ्ज्याङ्को विद्यालयमा दुई कोठे नयाँ भवन बनेपछि लामो समयदेखि बार्दली र सिंढीमा पढाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।
२०७२ सालको भूकम्पले विद्यालय भवनमा क्षति पुगेपछि केही समय त्यही पुरानो भवनमा टिनले बारेर भएपनि पठनपाठन गरिएको थियो । बर्खाको समयमा त्यो पनि भत्केपछि सिढी र बार्दली नै कक्षाकोठाको रूपमा प्रयोग गरिएको थियो । शिशुदेखी कक्षा तीनसम्म पढाइ हुने गडी भञ्ज्याङ् आधारभूत विद्यालयमा कक्षाकोठाको अभावमा सात वर्षसम्म सिढी र बार्दलीमा विद्यार्थी पढाउनुपर्ने बाध्यता थियो ।
नगरपालिकाका भित्ता र सार्वजनिक स्थान बाल अधिकारका सचेना मूलक सन्देशले भरिए पनि भाषण र प्रचारमा जस्तो गत असारसम्म विद्यालयका विद्यार्थीहरूले बालमैत्री विद्यालयको अनुभूति गर्न पाएका थिएनन् । कक्षाकोठाको अभावमा कक्षा दुई र तीनले बार्दली र सिंढीमा पढ्दै आएका थिए । बर्र्खाको समयमा भने विद्यालयको कार्यालयमै राखेर पढाउनुपर्ने बाध्यता थियो ।
आर्थिक वर्ष २०८१÷८२ को असारमा दुई कोठे भवन निर्माण भएपछि बार्दली र सिंढीमा पढाउनु पर्ने बाध्यता अन्त्य भएको विद्यालयका प्रधानाध्यापक सरला विकले बताईन् । नगरपालिकाले कक्षाकोठा निर्माण गर्न पाँच लाख रकम विनियोजन गरेको थियो । पाँच लाख २० हजारको लागतमा टिनले छाएको दुई कोठे भवन निर्माण सम्पन्न भएपछि कक्षा कोठामै पठनपाठन भइरहेको प्रधानाध्यापक विकले जानकारी दिईन् ।
जनजाति समुदायका विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा वालिङ र भीरकोट नगरपालिकाका ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयको नाममा ३ रोपनी जग्गा भएपनि बालमैत्री नगरपालिकाको विद्यालयमा प्रार्थना गर्न र खेल्नका लागि खेलमैदान अभाब छ । विद्यालयको आँगनबाटै सडक बनाएपछि विद्यार्थीहरु शौचालय जान समेत सडक पार गरेर जानुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


