कालीगण्डकीका कृषकले तिहारमा कमाए १६ लाख
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषकहरुले तिहारमा फूल बेचेर मात्रै १६ लाखभन्दा बढि कमाएका छन् । तिहार सकिँदा राम्रो आम्दानी गर्न सफल भए पछि कालीगण्डकीका कृषकहरु हर्षित भएका हुन् । उनीहरूले यस वर्षको तिहारमा सयपत्री फूल बेचेर गत सालभन्दा धेरै आम्दानी गरेका हुन् । गत वर्ष यहाँका कृषकले तिहारमा मात्रै १५ लाख रुपियाँ आम्दानी गरेका थिए ।
कालीगण्डकी गाउँपालिका–३ का रेमोन सिंह थापाले यो वर्षको तिहारमा मात्रै दुई लाखभन्दा धेरै फूल बिक्रीबाट आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पटक फूलको माग र मूल्य धेरै पायौं त्यसैले राम्रो आम्दानी गरेका हौं ।” फूलको बिक्री केही महिना निरन्तर हुनेहुँदा यो पटक राम्रो आम्दानी हुने उहाँको विश्वास छ । थापाले पाँच रोपनी क्षेत्रफलमा फूल खेती गर्नु भएको छ ।
यो बर्ष फूल होलसेलमा तीन सय र फुटकरमा चार सय रुपियाँ प्रतिकिलोको दरले बिक्री भएको कालीगण्डकी–१ का कृषक हिरामणी सुवेदीले जानकारी दिनुभयो । मूल्य राम्रो भएका कारण आम्दानी बढ्ने उहाँको भनाइ छ ।
व्यवसायिक फूल खेती गर्दै आउनु भएका सुवेदी, वडा नं. २ का पुष्पा सिंजाली राना, वडा नं.५ का रविलाल गौडेल, वडा नं.६ का युवराज अधिकारी र वडा नं. ७ का घनबहादुर थापाले यो तिहारमा मात्रै एक लाख ५० हजारभन्दा बढिले आम्दानी गरेका गाउँपालिकाका कृषि अधिकृत अनुप पौड्यालले जानकारी दिनुभयो । तिहार लक्षित गरेर गरिएको फूल खेतीबाट तिहार पछि पनि केही महिना राम्रो आम्दानी दिने उहाँको भनाइ छ । यो वर्षको तिहारमा मात्रै १६ लाख २० हजारको फूल तथा माला बिक्री भएको पौड्यालले बताउन भयो ।
परम्परागत कृषि खेतीभन्दा नगदेबालीबाट राम्रो आम्दानी हुने भए पछि कृषक फूल खेतीमा आकर्षित भएका हुन् । सुरुका केही बर्षमा अनुदान रकम, बीउ पाएका कृषक अहिले भने आफै लगानी गर्न उत्साहति छन् । गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापाले नगदेबाली लगाउन कृषकलाई प्रेरित गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँपालिकाका नागरिकलाई उत्पादनमा जोड्न र भएका उत्पादनलाई बजारीकरण गर्न हामी निरन्तर लागि रहेका छौं ।” पालिकाको प्रयासलाई कृषकले आफ्नो ठानेको उहाँको भनाइ छ । पालिकाले खेतबारीमा नै प्राविधिकलाइ खटाउँदै निरन्तर सेवा प्रवाह गर्दै आएको अध्यक्ष थापाले बताउनुभयो ।
गाउँपालिकाका २२ जना कृषकले व्यवसायिक रुपमा नै फूल खेती गर्दै आएका छन् भने अन्य कृषकहरुले पनि तिहार लक्षित फूल खेती गर्दै आएका छन् । कृषकहरुले ३० रोपनीभन्दा धेरै क्षेत्रफलमा फूल खेती गरेका हुन् ।
कालीगण्डकी गाउँपालिकाले उत्पादनसँगै बजारीकरणलाई जोड दिन कालीगण्डकी कृषि मूल्यसृङ्खला विकास परियोजना सञ्चालन गर्दै आएको छ । हेफर प्रोजेक्टसँगको सहकार्यमा पालिकामा उत्पादन भएका बस्तुहरुको बजारीकरणको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिनुभयो ।
मौसम अनुसार फूल खेती गर्दै आएका कालीगण्डकी गाउँपालिकाका कृषकहरुले व्यावसायिक रुपमा अकबरे खुर्सानी,केरा खेती लगायतमा पनि राम्रो आम्दानी गर्दै आएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


