स्याङ्जामा विद्यालय स्तरीय पञ्चेबाजा प्रतियोगिता
क्रान्ति अर्याल/स्याङ्जा :
यस वर्षको बालदिवस स्याङ्जामा विशेष तरिकाले मनाइने भएको छ । बालबालिकाको हक, अधिकार र सिर्जनशीलतालाई जोड दिने उद्देश्य सहित जिल्लाका विद्यालय स्तरका विद्यार्थीबीच पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको हो । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा हुने यो प्रतियोगिता बालबालिकाले मात्र प्रस्तुत गर्ने खालको पहिलो कार्यक्रम मानिएको छ । बालबालिकाको आवाजलाई संगीत र गीतमार्फत बुलन्द बनाउने साथै परम्परागत पञ्चेबाजालाई संरक्षण गर्ने मुख्य उदेश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको कार्यालय प्रमुख जीवन पौडेलले बताए ।
उक्त प्रतियोगितामा कक्षा १ देखि १० सम्म अध्ययनरत बालबालिकाले समूह बनाएर भाग लिन सक्नेछन् । एक समूहमा अधिकतम ८ जना छात्र र छात्रा समावेश गर्नुपर्नेछ । विद्यालय, टोल, बालक्लब वा वडास्तरमा समूह गठन गर्न सकिनेछ । बालअधिकार सम्बन्धी शब्दहरूलाई गीतमा उतारेर पञ्चेबाजासँगै प्रस्तुत गर्ने समूहलाई विशेष प्राथमिकता दिइनेछ । विजेताले क्रमशः १५ हजार, १२ हजार, ९ हजार र ६ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सनाई सबैभन्दा उत्कृष्ट बजाउनेलाई पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन जिल्लाका ११ वटै स्थानीय तहबाट कम्तीमा दुई समूह दर्ता हुने गरी भाद्र २२ गतेसम्म नाम दर्ता खुला गरिएको छ ।
बाल अधिकार समिति र जिल्ला बालसञ्जालको सहकार्यमा आयोजना हुने कार्यक्रम बालदिवसकै दिन, भाद्र २९ गते, त्रिभुवन आदर्श नमुना मावि, स्याङ्जामा हुने आयोजकले जानकारी दिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


