भीरकोटका सबै वडामा डिजिटल नागरिक बडापत्र
स्याङ्जा :
स्याङ्जाको भीरकोट नगरपालिकाले सबै वडामा डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले परम्परागत फ्लेक्स प्रिन्टमा भित्तामा झुड्याइने नागरिक बडापत्रलाई विस्थापित गर्दै यहाँ डिजिटल वडा पत्र प्रयोगमा ल्याएको हो ।
नगरप्रमुख गोविन्द कर्माचार्यले नगर कार्यपालिकाको कार्यालय र नौ वटै वडा कार्यालयमा डिजिटल नागरिक बडापत्र प्रयोगमा ल्याइएको बताउनुभयो ।
सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन र जनतालाई डिजिटल प्रविधिमा जानकार बनाउन नगर कार्यपालिकामा डेढ बर्ष पहिला नयाँ भवन बनेसाँगै डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याइएको हो भने वडा वडामा गत असारबाट प्रयोगमा ल्याइएको हो ।
डिजिटल बडापत्रमा नगरपालिका र वडाबाट प्रवाह हुने सम्पूर्ण सेवा प्राप्त गर्दा आवश्यक पर्ने कागजात र लाग्ने दस्तुर, जनप्रतिनिधिहरू र कर्मचारीको फोटोसहितको विवरण समावेश गरिएको छ ।
डिजिटल भीरकोट अवधारणा अनुरूप डिजिटल बडापत्र प्रयोगमा ल्याइएको बताउदै कर्माचार्यले २० लाख ५० हजार रुपियाँको लागतमा सफ्टवेयर हब नेपालको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याएको बताउनुभयो ।
स्थानीय सरकार ऐन २०७४ अनुसार नागरिकको अधिकार र जिम्मेवारी सुनिश्चित गर्ने कानुनी आधार नागरिक बडापत्र हो ।
यसले नागरिकलाई सेवा पाउने हक, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दछ भने यसमार्फत शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता आधारभूत सेवामा पहुँच सहज हुने गर्दछ ।
जनचेतनाको अभाव र नागरिक शिक्षाको कमीका कारण थोरैले मात्र डिजिटल नागरिक बडापत्र प्रयोग गर्ने गरेको कर्माचार्यले बताउनुभयो ।
भरपर्दो विद्युत सेवा नहुँदा र ब्याकअपको प्रभावकारी व्यवस्था नहुँदा चाहने र सक्ने नागरिकले समेत बडापत्र प्रयोग गर्न नपाएको नगरपालिकाले जनाएको छ । कतिपय वडा कार्यालयमा राखिएका बडापत्र उपयुक्त स्थानमा नराखिँदा प्रयोगमा समेत सहजता हुन नसकेको पाइएको छ ।
समाचार
थप सामाग्री-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि
वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…


